चीनमा ३१ ‘एसिम्प्टोम्याटिक’ केस देखिएपछि बढ्यो त्रास

काठमाडौं । चीनको वुहानमा बिहीवार ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

आज मात्रै बिना लक्षणवाला ३१ कोरोना संक्रमितहरु भेटिएपछि चीनमा थप त्रास पैदा भएको छ । बिना लक्षणको केसलाई(एसिम्प्टोम्याटिक) केस भन्ने गरिन्छ ।

आज भेटिएका ३१ बिना लक्षणका संक्रमितहरु वुहान शहरका नै रहेका छन् ।

चीनमा आजसम्म कोरोना भाइरसको महामारीबाट ४ हजार ४३४ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९९७ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?