देउवाले राजीनामा नदिँदै कमल थापा हिँडे

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेका थिए थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए थापा वाम गठबन्धन बनेपछि कांग्रेस सरकारमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?