काठमाडौं । नेपालमा बिहीवार २६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
आज देखिएका संक्रमित मध्ये झापाका मात्रै २३ जना रहेका छन् ।
बिहीवार बिहान थपिएका संक्रमितहरु झापाको कचनाकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु हुन् । भने दिउँसो झापाका १८ वर्षीय २ जना पुरुष, २० वर्षीय २ जना पुरुष तथा १७, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
त्यस्तै नेपालमा आजै अन्य ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिनेमा रुपन्देहीका २७ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । हालसम्म ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ । भने कोरोनाको कारण ३ जनाको ज्यान गइसकेको मन्त्रालयले जनाएको छ । आजै मात्र टेकुमा उपचाररत ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
यो पनि पढ्नुहोस् : कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन कसरी गरीन्छ ? परिवारले टाढैबाट हेर्न पाउँछन्, छुन पाउँदैनन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया