काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रुपन्देहीका १ र झापाका ८ जना रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।
आज झापा र रुपन्देहीमा थपिएका सबै कोरोना संक्रमित पुरुष रहेका छन् । संक्रमित हुनेमा रुपन्देहीका १ जना २७ वर्षीय पुरुष रहेका छन् । भने झापाका १८ वर्षीय २ जना पुरुष, २० वर्षीय २ जना पुरुष तथा १७, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् ।
यसअघि आजै नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका थिए ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।
संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेको खुलेको छ ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । हालसम्म नेपालमा कोरोना उपचारपछि ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने तीन जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
आजै मात्र टेकु अस्पतालका ४ जना दिन पछि कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया