एमालेले नै वाम गठबन्धनविरुद्ध सुरु गर्‍यो लफडा !

काठमाडौं, २ फागुन । चुनावी गठबन्धन हुँदै पार्टी एकताको दिशामा जान सहमत भएका माओवादी केन्द्र र एमालेबीचको वाम गठबन्धनभित्र पदीय लडाई तिव्र बन्दै गएको अवस्थामा एमालेले पुनः अर्को लफडा सुरु गरेको छ दई दलको सहमतिअनुसार ४ वटा प्रदेशमा एमाले र २ वटा प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन सहमति भएपनि एमालेकै नेताहरुले त्यसमा प्रश्न उठाएका छन् एमालेले सहमतिको भावना विपरित प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रलाई पूर्ण रुपमा छाड्न नसकिने भन्दै आलोपालोको प्रस्ताव राखेको छ । एमालेको नयाँ प्रस्तावसँगै प्रदेश सरकार गठनमा ढिलाई भएको छ एमाले र माओवादीबीचको सहमतिअनुसार १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री पाउाने र ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको थियो । तर सहमतिको भावनाविपरित एमालेले प्रदेश ६ मा आलोपालो मुख्यमन्त्री पद मागेको हो दुई दलको सहमतिअनुसार प्रदेश ३ मा सरकार गठन भइसकेको छ भने अन्य अन्य प्रदेशमा पनि सरकार गठनको तयारी भइरहेको छ । पाँच वर्षको स्थायी सरकार दिने बाचा गरेर चुनावमा गएका दुई पार्टीबीच पुनः पदीय भागबण्डाले प्रधानता पाएको हो तर, प्रदेश ६ मा एमालेले माओवादीसामु मुख्यमन्त्री आलोपालो हुनु पर्ने नयाँ सर्त राखेपछि माओवादीको नेतृत्वमा सरकार बन्न ढिलाई भएको छ एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसामू तीनबुँदे प्रस्ताव नै राखेर मुख्यमन्त्रीमा आलोपालो, मन्त्रीमण्डलको आकार र मन्त्रालय भागवण्डाबारे धारणा मागेका छन् कँडेलले भने, ‘केन्द्रको निर्णयको सम्मान गर्दै पहिला उहाँ (महेन्द्रबहादुर शाही)लाई हुनु भनेका छौं । तर, पुरै छाड्न सक्ने अवस्था छैन ।’ प्रदेश सभामा ४० मध्ये एमालेका २० सांसद रहेका छन् भने माओवादीका १३ सांसद रहेका छन् माओवादी केन्द्रले भने एमालेको माग पूरा हुन नसक्ने बताएको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीले आलोपालोको माग आफ्नो तहबाट नभई केन्द्रको निर्णयअनुसार हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?