सिलवालविरुद्ध कीर्ते अभियोगको रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

काठमाडौ, २ फागुन । पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध कीर्ते अभियोगको अनुसधान पूरा गरी राय सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ बुधबार बिहान प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालयका प्रमुख सूर्यराज दाहालले जानकारी दिए दाहालले दिएका जानकारी अनुसार, प्रतिवेदन अध्ययनपछि मुद्दा दर्ता गर्ने कि नगर्ने भन्ने कुराको निर्णय हुने बताए सर्वोच्च अदालतको फैसला अनुसार प्रहरीले गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता गरेको थियो । सो जाहेरी दर्ता गरेदेखि नै सिलवाल प्रहरीको खोजीको सूचीमा रहेका छन् सर्वोच्च अदालतको फैसला अनुसार प्रहरीले गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ता गरेदेखि सिलवाल प्रहरीको खोजी सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?