अब क्रिकेट खेल्दा बल चम्काउन थुकको प्रयोग गर्न नपाइने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेल दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

थुकबाट कोरोनासहित विभिन्न रोग सर्ने भएको भन्दै आईसीसीको क्रिकेट कमिटिले क्रिकेटको दौरान बल चम्काउन थुकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अनिल कुम्बले अध्यक्ष रहेको उक्त कमिटिले सो नियम परिवर्तन गर्ने निर्णय गरेको हो । कमिटिले प्रतिबन्धसहितको अन्य नयाँ नियम आईसीसीको प्रमुख कार्यकारी कमिटीमा पेश गर्नेछ । जुनमा बस्ने उक्त कमिटिको बैठकले पारित गरेपछि यस नियम लागु हुनेछ ।

Cricket ball-tampering: How it works, why players do it and what ...

कोरोनाको महामारी रोकिएपछि सुचारु हुने क्रिकेटमा नयाँ नियम लागु हुनेछ । यस अघि खेलाडीहरूले बल चम्काउन थुक, र्याल तथा पसिनाको सहायता लिदै आएका छन् । यस्तै पछिल्लो समय थुकलाई विस्थापित गर्न अष्ट्रेलियाको बल निर्माता कम्पनी कोकाबुराले व्याक्स एपिलेटर मैनु को निर्माण समेत गरिरहेको छ ।

एजेन्सी

तस्वीर : गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?