काठमाडौं, २ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि ‘वान टू वान’ वार्ता सुरु भएको छ ललितपुरको मानभवस्थित निर्मार्ण व्यवसायी शारदा अधिकारीको घरमा ओली प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु भएको हो । यसअघि मंगलबार पनि सोही घरमा ओली र प्रचण्डबीच वार्ता भएको थियो आजको वान टू वान वार्तापछि दुई पार्टी सम्मिलित एकता संयोजन समितिको बैठक बस्ने भएको छ गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए । त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया