कोरोना अपडेट : के छ भारतमा पछिल्लो २४ घण्टाको अवस्था ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २९ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने ५० लाख ८८ हजार ४५५ जनालाई संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४५ हजार ८०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २० लाख २२ हजार ७२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यसैबीच छिमेकी देश भारतमा अहिलेसम्म ३ हजार ४३५ जनाको मृत्यु भएको छ भने १ लाख १२ हजार ३५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ जनाको मृत्यु भईसकेको छ भने ३३१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म ४५ हजार ४२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

भारतमा बुधवार मात्रै ५ हजार ५५३ जना संक्रमित थपिएका छन् भने बुधवार नै १३२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?