काठमाडौं । बुधवार गुल्मीका एक कोरोना संक्रमितको मृत्युको समाचार लेख्ने ३९ वटा अनलाइनलाई प्रेस काउन्सिलले कारवाही गरेको छ ।
कारवाही पर्नेमा अनलाइनखबर, सेतोपाटी, अन्नपूर्ण पोस्टलगायतका अनलाइन रहेका छन् ।
परिवारलाई तनाव हुनेगरी हतारोको झूठो समाचार सम्प्रेषण गरेकाले ३९ वटा अनलाइन सञ्चार माध्यमलाई गल्ती नदोहोर्याउन कडा निर्देशन दिइएको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।
साथै ८ वटालाई नेपालभित्र प्रशारण नहुने व्यवस्था मिलाइएको उनले बताए । यो भनेको नेपालभित्र हेर्न नसकिने गरी दर्ता नभएका त्यस्ता अनलाइन ब्लक गरिएको हो ।
प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिताअन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना भएको श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया