धरानकी एक महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको गिरानीमा रहेकी छन् ।

आज मात्रै नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ र १ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ४५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?