काठमाडौं । कोरोना भाइरसको महामारीबाट यतिबेला सारा विश्व ग्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २९ हजार ७३१ जनाको मृत्यु भएको छ भने ५० लाख ८५ हजार ५०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख २१ हजार ६६६ जना स्वास्स्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ८०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ९४ हजार ९९४ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ९१ हजार ९९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३ लाख ७० हजार ७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकाको न्युयोर्कमा २८ हजार ८१६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६३ हजार ५१७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा १० हजार ७४७ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार ९६ जनालाई संक्रमण भएको छ ।
बुधवार मात्र अमेरिकामा २१ हजार ४०८ जना संक्रमित थपिएका छन् भने १ हजार ४६१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया