अमेरिका कोरोना अपडेट: ९३ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वको सबैभन्दा बढी कोरोनाको असर संयुक्त राज्य अमेरिकामा देखिएको छ । जहाँ यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ९३ हजार ८ सय ५८ जना मानिसको ज्यान गइसकेको छ । त्यस्तै १५ लाख ७६ हजार ९ सय ५० जना मानिस कोरोना संक्रमणको शिकार भइसकेका छन् ।

बितेको २४ घण्टामा मात्र अमेरिकामा ६ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण देखिएको र ३ सय २५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा ३ लाख ६४ हजार २ सय ६३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये १७ हजार २ सय ४९ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण विश्वभर ३ लाख २६ हजार २ सय ५१ जना मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५० हला ३६ हजार ८ सय १५ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ ।

वल्डोमिटरको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमित मध्ये ४५ हजार ४ सय ६९ जना मानिसको अवस्था गम्भीर रहेको छ । भने १९ लाख ९० हजार ५७ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?