नेपाललाई वार्ताका लागि सकारात्मक वातावरण बनाउन भारतको आग्रह

काठमाडौँ । भारतकोे विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सिमा विवाद सुझाल्न नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण तयार गर्नुपर्ने बताएका छन् । मन्त्रालय नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको नेतृत्वले वार्ताका लागि सकारात्मक वातावरण बनाउनपर्ने बताएका हुन् ।

उनले कालापानी, लिपुलेक र लिम्पुयाधारा क्षेत्रमाथि नेपालको दावी ऐतिहासिक तथ्य र प्रमाणसङ्गत नरहेको भन्दै दाबी गरेका छन् । नेपाललाई भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न समेत उनले आग्रह गरेका छन् । नेपालले सीमासम्बन्धी विवादलाई कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै उनले नेपालको नयाँ नक्सा अस्वीकार गर्ने प्रतिक्रिया समेत दिएका छन् ।

बुधवार नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो।

नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको आशय व्यक्त गर्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताए ।

मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?