नेपालमा हालसम्म कति भयो कोरोना परीक्षण ?

काठमाडौं – नेपालमा हालसम्म पिसिआर विधीबाट ३५ हजार ४ सय ९४ वटा परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आरडीटि विधीबाट ७५ हजार ७२ वटा परीक्षण भएका छन् ।

बितेको २४ घण्टामा मात्रै पिसिआर विधीबाट २ हजार ४ सय ८८ जनाको परीक्षण भएको छ भने आरडिटी विधीबाट ३ हजार ६ सय १० जनाको परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार प्रदेश १ मा ९ हजार ६ सय २२ जना, प्रदेश २ मा ६ हजार २ सय ३४ जना, वाग्मती प्रदेशमा १५ हजार ७ सय ३१ जना, गण्डकी प्रदेशमा ७ हजार १८ जना, प्रदेश ५ मा ९ हजार ७ सय ३९ जना, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ जना, सुदूरपश्चिम प्रदेशमा १९ हजार ९४ जनाको परीक्षण गरीएको छ ।

परीक्षणको दायरा बढाउनेबित्तिकै नेपालमा संक्रमित थपिरहेका छन् । आज मात्रै २५ जनामा कोरोना पुष्टि भएको छ भने कुल संक्रमित ४२७ पुगेका छन् । ४५ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?