प्रचण्डपुत्री नेतृत्वको महानगरमा वडावडामा पब्लिक क्वारेन्टाइन

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड पुत्री समेत रहेकी भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले वडावडामा पब्लिक क्वारेन्टाइन बेड निर्माण गरिने बताइएकी छिन् ।

उनले हालसम्म १२ वटा वडामा त्यस्तो बेड निर्माण गरिएको बताउँदै क्रमशः सबै वडामा विस्तार गरिने बताएकी छिन् । उनका अनुसार हालसम्म १२ वटा वडामा गरी १७३ बेड पब्लिक क्वारेन्टाइन स्थापना भइसकेको छ ।

 

‘भरतपुर महानगरपालिकाभित्र हालसम्म १२ वटा वडामा १७३ बेड पब्लिक क्वारेन्टाइन स्थापना भईसकेको छ। प्रत्यक वडामा न्युनतम १० बेड अनिबार्य ब्यवस्था गर्ने गरी बाँकी वडामा पनि बिस्तारको क्रम जारी छ’, दाहालले भनिन् ।

विशेषगरी क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको उचित व्यवस्थापन, सहज बसाई लगायत नियमित रुपमा स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य अवस्थाको निगरानी गर्ने र कुनै पनि समयमा स्वास्थ्य अवस्थामा थप समस्या आए तत्काल अस्पताल पठाउने गरी क्वारेनटाईनको व्यवस्थापन हुने उनको भनाइ छ ।
यसअघि दाहालकै पहलमा भरतपुर महनगरपालिकामा कोरोना विशेष अस्पताल निर्माण भएको थियो ।

Image may contain: 1 person, standing and indoor

 

 

Image may contain: 1 person, sitting

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?