बेपत्ता बालक मृत फेला

रामपुर । कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका रामपुर नगरपालिका १० सिकोडाँडा १० वर्षीय सुनिल भट्टराईको शव फेला परेको छ ।

स्याङ्गजाको चापाकोट नगरपालिकास्थित ज्याग्दीदोभानदेखि करीब एक सय मिटर तल नदी किनारमा आज दिउँसो साढे एक बजेतिर उनको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरले बेपत्ता बालकको शव फेला परेको परिवारलाई खबर गरेपछि आफन्तले सोको पहिचान गरेका हुन् ।

यही जेठ ४ गते रामपुर –१० स्थित मलौटेघाटमा दिउँसो पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका थिए । उनीसंँगै बेपत्ता भएका १० वर्षीय समीर चापागाईँ भने अझै फेला परेका छैनन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?