ललितपुर महानगरले ल्यायो सबै वडाहरुमा ठूलादेखि साना पसल खोल्न यस्तो नियम

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका २९ वटै वडाहरुमा पसलहरु सञ्चालनको लागि नयाँ नियम लागू गरेको छ ।

महानगरपालिकाले ठूला खाद्य स्टोर, किराना पसल, फलफूल पसल, औषधि पसल लगायतका अत्यावश्यक सामाग्रीका पसलहरु खोल्नका लागि निर्देशन दिएको हो ।

नियम अनुसार ठूला स्टोरहरु बिहान १० बजेदेखि साँझ ७ बजेसम्म तथा साना पसलहरु बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खोल्नका लागि सम्बन्धीत सबैमा निर्देशन दिएको जनाएको छ ।

महानगरका अनुसार ललितपुर प्रमुख जिल्ला अधिकारी, विग स्टोर तथा सुरक्षा निकायका पदाधिकारीहरुसँग छलफल गरि उक्त नियम लागू गरेको हो ।

साथै महानगरपालिकाले अर्काे सूचना जारी नभएसम्मका लागि उक्त नियम मान्नका लागि सबैलाइ अनुरोध समेत गरेको छ । महानगरका अनुसार लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणहरुलाई सहजता प्रदान गर्नका लागि उक्त नियम लागू गरिएको जनाएको छ । पसल खोल्न दिइएपनि सुरक्षा संयन्त्रलाई अपनाउनको लागि समेत निर्देशन दिएको छ ।

यस्तो छ ललितपुर महानगरद्वारा जारी गरिएको नयाँ सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?