काठमाडौं । महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि नयाँ बानेश्वरमा रहेका दुई घर सील गरिएको छ । संक्रमित प्रहरी बस्दै आएका घर र सोहि घरसँग जोडिएको अर्को घर सील गरिएको हो ।
कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना मध्ये एक जना प्रहरी श्रीमतीसहित नयाँ बानेश्वरमा डेरामा बस्दै आएका थिए ।
घर सील गरेपछि घरमा बस्दै आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ । संक्रमित दुबै प्रहरीलाई बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड–१९ अस्पतालमा राखेर उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया