लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त

जनकपुरधाम, २ फागुन । संघीय समाजवादी फोरमका नेता लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई राजपाले समेत समर्थन गरेको छ उनले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद रहेका छन् । मुख्यमन्त्रीको सपथ भोलि बिहीबार हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?