१६५ भारतीय नागरिक बोकेर फर्कियो एयर इण्डिया

काठमाडौं । भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौंबाट फिर्ता लगेको हो ।

यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो ।

एयर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए। यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन् ।

सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ ।

सरकारले चैत ९ गते राति १२ बजेपछि नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाएको थियो ।

यो अवधिमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आजसम्म उद्धार र कार्गो उडान गरी ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?