सर्लाहीको हरिवन नगरपालिका सील

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका सील गरिएको छ । एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सर्लाहीको हरिवन नगरपालिका पूर्णरुपमा सील गरिएको हो ।

एक जनामा संक्रमण भइसकेको र संक्मण अन्यत्र फैलन नदिन साथै रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना नआउँदासम्मलाई नगर क्षेत्रलाई पूर्णरुपमा सील गरिएको नगरप्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिए ।

नगरपालिका क्षेत्रभित्रको पूर्वपश्चिम राजमार्गको ५ सय मिटर दायाँ बायाँ सील गरिएको छ । नगरभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी, बैक तथा वित्तीय संस्था, निजी कम्पनी तथा उद्योगहरु समेत अर्को सूचना नभएसम्म बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले आवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन र निस्कन नदिनका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?