जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । रुपन्देहीमा २० वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका-१ रानिकुवा बस्ने २६ वर्षीय श्याम शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

शाहीले ती महिलालाई उनकै कोठाभित्र पसी जबरजस्ती करणी गरे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?