काठमाडौं । भारतको रेल सेवाले एकै दिनमा २०४ वटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ । रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिए ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पारेका छन् । लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाई छ ।
“हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,” उनले लेखेका छन् । विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको उनले जानकारी दिए ।
उनले आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताए । त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरे ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया