काठमाडौं । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाका कारण त्रस्त बन्न पुगेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा आज थप ५ मा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरुमा बाँके नरैनापुर (५)का १७, २०, २८, ३०, ४० वर्षका उनीहरु हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् । बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
गत आइतवार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।
त्यस्तै, मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाका अनुसार बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८ जना पुरुष र ७ जना महिला संक्रमित थपिएका हुन् । बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको उनले बताए । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए ।
यो पनि पढ्नुहोस् : थप २५ जनामा कोरोना संक्रमण, नेपालमा ४२७ पुगे संक्रमित
आज थपिएका २५ कोरोना संक्रमित कुन जिल्लाका कति ?
काठमाडौं । नेपालमा बुधवार (आज) थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके धनकुटा कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।
बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।
कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।
त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आजै नवलपरासी (पश्चिम)मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाको बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यसरी हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण फैलिएको र जसमध्ये ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।
हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुषहरु कोरोना उपचारपछि निको भएर घर मन्त्रालयले जनाएको छ । भने नेपालमा २ जनाले कोरोनाको कारण ज्यान गुमाएका र १ जनाको अवस्था गम्भीर रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया