काठमाडौं । कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको जम्मा संख्या ५९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् ।
त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् ।
त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।
यसैबीच नेपालमा आज मात्रै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको हो । आज भेटिएका कोरोना संक्रमितहरु ३ देखि ४७ उमेरका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भईसकेको छ भने १ जनाको अवस्था गम्भीर रहेको छ ।
थप २५ जनामा कोरोना संक्रमण, नेपालमा ४२७ पुगे संक्रमित
उदयपुरका ८ जनाले जिते कोरोना, निको हुनेको संख्या ४५ पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया