नेपालमा कोरोना अपडेट : थपिए २५ संक्रमित, कुन प्रदेशमा कति ? (विवरणसहित )

काठमाडौं – नेपालमा आज बुधबार थपिएका २५ जना संक्रमितसहित कुल संक्रमितको संख्या ४२५ पुगेको छ ।

कति भयो परीक्षण ? 
नेपालमा हालसम्म पिसिआर विधीबाट ३५ हजार ४ सय ९४ वटा परीक्षण भएका छन् ।

आरडीटि विधीबाट ७५ हजार ७२ वटा परीक्षण भएका छन् ।

बितेको २४ घण्टामा मात्रै पिसिआर विधीबाट २ हजार ४ सय ८८ जनाको परीक्षण भएको छ भने आरडिटी विधीबाट ३ हजार ६ सय १० जनाको परीक्षण गरिएको छ ।

जसमा प्रदेश १ मा ९ हजार ६ सय २२ जना, प्रदेश २ मा ६ हजार २ सय ३४ जना, वाग्मती प्रदेशमा १५ हजार ७ सय ३१ जना, गण्डकी प्रदेशमा ७ हजार १८ जना, प्रदेश ५ मा ९ हजार ७ सय ३९ जना, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ जना, सुदूरपश्चिम प्रदेशमा १९ हजार ९४ जनाको परीक्षण गरीएको छ ।

कति जना छन् क्वारेन्टाईनमा  ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा आजको दिनको २३ हजार २ सय २ जना छन् ।

प्रादेशीक विवरण अनुसार प्रदेश १ मा १ हजार ३ सय ४ जना, प्रदेश २ मा ४ हजार १ सय ४४ जना, वाग्मती प्रदेशमा ३ सय ५३ जना, गण्डकी प्रदेशमा ४६६ जना प्रदेश ५ मा १४ हजार २ सय ६२ जना, कर्णाली प्रदेशमा ७ सय ६२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९ जना रहेका छन् ।

उनीहरु विदेशबाट आएका, अर्को जिल्लाबाट आएका वा लकडाउनकैबीच भारतबाट आएका व्यक्तिहरु छन् ।

रेड जोनमा छन् ४२७ जना  :

नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट बच्न विभिन्न सावधानी अपनाएको छ । तर अपर्याप्त तयारी, विल्कुलै नयाँ प्रकृतिको भाइरस, आक्रमक र एक दोस्रोमा सजिलै सर्ने भएका कारण पनि नेपालमा तिव्र गतिमा संक्रमण फैलिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोबाईल एप्लिकेसन र वेवसाईटमार्फत् सम्भावित संक्रमितबारे जानकारी लिनको लागि स्वमूल्याकंन फाराम राखेकोमा यस्तो फाराम भर्नेको संख्या हालसम्म ४५ हजार ४ सय ५० रहेको छ । गत २४ घण्टामा मात्रै स्वमूल्याकंनको फाराम भर्नेको संख्या १ हजार ३ सय ६३ रहेकोमा १५ जना ‘रेड जोनमा’ परेका थिए ।

त्यस्तै हालसम्मको विवरण हेर्ने हो भने कुल ४ सय २७ जना मानिस रेड जोनमा परेका छन् उनीहरु उच्च जोखिममा रहेका व्यक्ति हुन् । उनीहरुसँग थप जानकारी लिने र कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

संक्रमणपछि निको भए ४५ जना : 

नेपालमा आज थप ८ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएका छन् । योसँगै नेपालमा स्वास्थ्योपचार पछि निको हुनेहरुको संख्या ४५ पुगेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार कोशी अस्पतालमा उदयपुरका उपचाररत ८ जना पुरुषहरु उपचार पछि निको भएका हुन् । उनीहरु अस्पताल भर्ना भएको २९ देखि ३३ दिनसम्म उपचार गरेपछि निको भएका छन् । पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै डाक्टरले उनीहरुलाई डिस्चार्ज गरिदिएका हुन् ।

गुल्मीका कोरोना संक्रमित भ्यान्टिलेटरमा, अवस्था गम्भीर : 

गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुष भ्यान्टिलेटरमा छन् । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित ति पुरुषको अवस्था गम्भीर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । गुल्मी मदाने गाउँपालिकाका वडा नं ६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो । उनको अवस्था गम्भीर रहेको तर केही मृत्यु भयो भनि सामाजिक सञ्जाल तथा मिडियामा आएको समाचार प्रति अस्पतालले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था गम्भीर रहेको र भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उनको स्वास्थ्यबारे फैलिएको भ्रम मेटाउँदै मन्त्रालयले उनको अवस्थाबारे स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

आजै थप २५ जनामा कोरोना संक्रमण, नेपालमा ४२७ पुगे संक्रमित : 

बुधवार नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु बाँके धनकुटा कपिलवस्तु र नवलपरास (पश्चिम)का रहेका छन् ।

बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा बाँके नरैनापुर (५) का १७, २०, २८, ३०, ४० वर्षका उनीहरु हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आज मात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् ।

त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेका छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै नवलपरासी (पश्चिम)मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाका बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा मंगलवार (हिजो)  एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मंगलवार कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपारासीका १, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।मंगलवार थपिएका संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समुहका हुन् । उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेका रहेका थिए । नेपालमा पछिल्लो समय कोरोना परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या बढ्न थालेको छ ।

कुन उमेर समूह प्रभावित  ? 
विश्वको तथ्यांक र विवरण हेर्ने हो भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, कुनै अप्रेसन सर्जरी गरेका, मद्यपान गर्ने, धुमपानको अम्मली, विभिन्न लागुपदार्थको सेवन गर्ने व्यक्तिहरु, दिर्घ रोगी, अशक्त, शारिरीक कमजोरी भएकाहरुमा संक्रमण फैलन, छिटै लक्षण देखिने र मृत्यु हुने गरेको भएतापनि नेपालका कुल संक्रमितको विवरण हेर्दा १८ देखि ५० वर्ष उमेर समूहलाई सबैभनदा धेरै प्रभावित बनाएको छ ।

भने नेपालका २ जना मृतकको उमेर पनि २९ र २५ रहेको छ र नेपालमा हालसम्म २ महिले शिशुदेखि ८४ वर्षिय वृद्धासम्मलाई कोरोना संक्रमण भएको छ ।

पुरुष संक्रमित बढी छन् नेपालमा :
आज थपिएका संक्रमितमा पनि ७ जना महिला संक्रमित थपिए भने १८ जना पुरुष थपिए । हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।

उनीहरु चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक ट्रेसिङ गर्ने कार्य पनि भइरहेको छ ।

कुन प्रदेशमा कति पुगे संक्रमति ?
मन्त्रालयका अनुसार प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १३६ जना, वाग्मती प्रदेशमा २६ जना गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १९६ जना कर्णाली प्रदेशमा १ जना सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

कपिलवस्तुमा फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि :
कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको जम्मा संख्या ५९ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् ।

त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् ।

त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

आज थपिएका संक्रमित कुन जिल्लाका कति ?
नेपालमा बुधवार ९आज० थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके धनकुटा कपिलवस्तु र नवलपरासी९पश्चिम०का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

कपिलवस्तुमा आजमात्रै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पोजेटिभ पाइएका संक्रमितहरु कपिलवस्तुको विजयनगर क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै महाराजगञ्ज गाउँपालिकामा रहेको क्वारेन्टाइनमा ३, ४ र ६ वर्षका बालबालिका रहेका छन् भने त्यहिँको क्वारेन्टाइनमा रहेका वर्ष १६, २५ र ३२ वर्षीया महिलाहरु रहेका छन् । त्यस्तै सोहि क्वारेन्टाइनमा रहेका १२, २०, २४ र ३४ वर्षका पुरुषहरु रहेको मन्त्रालयले बताएको छ ।

त्यस्तै धनकुटामा आज ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २८, २९, ३५ र २७ वर्षीय पुरुषहरु तथा २४ वर्षीया महिला रहेकी छिन् । उनीहरु हाल धनकुटामा बस्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आजै नवलपरासी (पश्चिम) मा पनि १ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी (पश्चिम)मा स्थित सुस्ता गाउँपालिकाको बेलपानी क्वारेन्टाइनमा रहेका २४ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यसरी हालसम्म नेपालमा ४ सय २७ जनामा संक्रमण फैलिएको र जसमध्ये ३ सय ५८ जना पुरुष रहेका छन् भने ६९ जना महिलाहरु रहेका छन् ।

हालसम्म नेपालमा ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजै मात्र कोशी अञ्चल अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुषहरु कोरोना उपचारपछि निको भएर घर मन्त्रालयले जनाएको छ । भने नेपालमा २ जनाले कोरोनाको कारण ज्यान गुमाएका र १ जनाको अवस्था गम्भीर रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बढेको बढै कोरोना भय : नरैनापुरमा थप ५ जनामा कोरोना संक्रमण 

एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाका कारण त्रस्त बन्न पुगेको छ । बाँकेको नरैनापुर गाउँपालिकामा आज थप ५ मा कोरोना संक्रमण देखिएको छ । गत आइतवार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।

बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको उनले बताए । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए ।

लकडाउको ५८ औँ दिन

कोरोना महामारीबाट बच्न सरकारले लकडाउको नीति लिएको ५८ औँ दिन पुगेको छ । सरकारले नागरिकलाई घरमा नै बस्न, भौतिक दूरी कायम गर्न, मास्क प्रयोग गर्न, संक्रमित भए अस्पताल जान, स्थानीय तहमा खबर गर्न, सेनिटाईजर प्रयोग गर्न, भिडभाड नगर्न, बाहिर हिँडडुल/ घुमफिर नगर्न आह्वान गरिरहेको छ । यसैबीच रोगप्रतिरोधात्मक क्षमता बढाउनको लागि पनि सरकारले योगा, धान व्यायाम र स्वस्थ्य खानपानको लागि अनुरोध गरेको छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउन यसो गरौँ

सन्तुलित र पोषणयुक्त आहार, नियमित शारीरिक अभ्यास, पर्याप्त विश्राम र निद्रा, धूमपान र मद्यपान नगर्ने, रचनात्मक बन्ने
उच्च मनोबल, रोग र खोप, ध्यान, योगा, साधना, सिर्जनात्मक काम, उमारेका गेडागुडी तथा चोकरसहितको अनाज, सागपात, फलफूल, दुध दहि, खानुपर्छ । सहयोगको भावना विकास गर्ने तथा सकारात्मक सोँच राख्नुपर्छ ।

नेपालमा गत वर्षको माघ ९ गते पहिलो केस देखा परेको थियो । चिनबाट नेपाल आएका उनमा संक्रमण पुष्टि गर्न किट नभएका कारण उनको स्वाब हङकङ पठाईएको थियो । त्यसपछि चैत्रमा मात्रै अर्को केस पुष्टि भएकोमा अहिले नेपालका ३८ वढी जिल्लामा र सातै प्रदेशमा संक्रमण फैलिएको छ भने संक्रमित तिव्र गतिमा बढीरहेका छन् । २ जना मृतकमा कोरोना पुष्टि पनि भएको छ ।

यो पनि पढ्नुहोस् : जनस्वास्थ्यविद् डा.पाण्डेको निस्कर्ष – नेपालका विभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष छ ‘टास्क फोर्स’ बनाऔँ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?