१३ आश्विन २०८०, शनिवार

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख : प्रचण्ड

२०७४,आश्विन,४,बुधबार ०७:०४

0
Shares

गोरखा, ४ असोज ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएका बताएका छन ।गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुने बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले प्रत्यक्ष कार्यकारी प्रमुख नै राख्नुपर्छ भन्ने एजेण्डा पहिलो संविधान सभा निर्वाचनका बेला नेपाली काँग्रेस, एमाले र मधेश केन्द्रित दलहरुले पनि सहमति जनाएको उल्लेख गर्दै सरकार टिकाउन मन्त्री थप गर्नैपर्ने, नौ÷नौ महिनामा सरकार फेर्नैपर्नेजस्ता प्रवृत्तिको अन्त्यका लागि भएपनि जनताबाट निर्वा्चित हुने कार्यकारी प्रमुख व्यवस्था हुनुपर्नेमा जोड दिए ।“प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख व्यवस्थाका फाइदा जनतालाई बुझाउन जरुरी छ, यो राष्ट्र एकताको हितमा छ, विदेशी शक्तिको विभिन्न खालका चलखेल रोक्नलाई पनि त्यस्तो एउटा शक्तिशाली केन्द्र नेपालमा आवश्यक छ,” प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले सबै माओवादी पुनः एक ठाउँमा आउनुपर्नेमा जोड दिदैं प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जहाँ जोसँग सहकार्य गर्दा उपयुक्त हुन्छ, उही दलसँग सहकार्य वा तालमेल गरिने बताए ।देउवा नेतृत्वको वर्तमान सरकारले नै प्रदेश र केन्द्रको निर्वाचन गराउने बताउँदै प्रचण्डले एमालेसँग मिलेर नयाँ सरकार बनाउने भन्ने कुरा गलत भएको स्पष्ट पारे ।अध्यक्ष प्रचण्डले आफू चितवनबाट चुनाव लड्ने बताउँदै गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे वा अरु कोही नेता चुनाव लड्छ तर यसवारे अन्तिम टुंगो पार्टीले लगाउँने बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०