रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमवार रोल्पा अस्पतालको आइसोलेसनमा रहेका युवकको मृत्यु भएको हो ।
रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो ।
दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ ।
टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतवार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो ।
अस्पतालको आइसोलेसन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए ।
हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया