काठमाडौं । उपचारका क्रममा मृत्यु भएको भनेर विभिन्न सञ्चारमाध्यममा खबर आएका गुल्मीका कोरोना संक्रमितबारे उनी उपचाररत अस्पताल बोलेको छ ।
लोकपथसँगको कुराकानीमा क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेले संक्रमितको अवस्था स्थिर रहेका बताएका छन् ।
संक्रमित मदाने गाउँपालिकाका शिक्षक हुन् । सोमवार कोरोना संक्रमण पुष्टि भएका उनको रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरेर उपचार भईरहेको छ ।
उनमा ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट एम्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल लगिएको थियो।
स्वास्थ्यकर्मीको सल्लाहमा तत्कालै उनलाई अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही गएका पठाइएको गाउँपालिकाले यस अघि बताएको थियो ।
ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २ गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको भेन्टिलेटरमा उपचार भईरहेको हो ।
हालसम्म नेपालमा ४०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ र स्वास्थ्योपचार पछि ३७ जना निको भएका छन् । विश्वमा यो महामारीबाट ३ लाख २४ हजार ९६६ जनाको मृत्यु भएको छ भने ४९ लाख ८९ हजार ९५ जनालाई संक्रमण भएको छ । त्यस्तै १९ लाख ५९ हजार २६० जना उपचार पछि निको भएका छन् । त्यस्तै ४५ हजार ४३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । file photo
यसअघि हिजो पनि उनको मृत्युको हल्ला फैलिएपछि अस्पतालले खण्डन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया