काठमाडौं –राष्ट्रिय जनता पार्टी नेपालले सोमबार साँझ निर्वाचन आयोगमा पठाएको नामावली परिमार्जन गरेको छ । निर्वाचन आयोगले कलस्टरअनुसार खसआर्यमा नरमाया ढकाललाई समावेश गर्न पत्र पठाएपछि राजपाले रेणु शर्माको नाम हटाएर ढकालको नाम समावेश गरी पठाएको हो राजपाले पाएको ६ समानुपातिक सिटमा सबै महिला मात्रै छन् । राजपाले सोमबार साँझ प्रतिनिधिसभा समानुपातिक नामावलीमा खसआर्यतर्फ रेणु शर्मा र निर्जला राउत, आदिवासी जनजातितर्फ रानी मण्डल र अमृता अग्रहरी, मधेशीतर्फ चन्दा चौधरी र दलिततर्फ दुलारी देवी खङको नाम समावेश गरी निर्वाचन आयोगमा बुझाएको थियो खसआर्यमा कलस्टर नमिलाएको भन्दै राजपालाई पत्र काटेपछि शर्माको नाम हटाएर ढकालको नाम राख्न बाध्य भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार नरमाया ढकालले राजीनामा बुझाएको तर, आयोगले राजीनामा स्वीकृत गरेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया