तानसेन । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले पाल्पाका तीन स्थानीय तहलाई ३१–३१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
सदस्य खनालले आफूले पाउने सेवासुविधाको रकम विपन्न वर्गका लागि रामपुर नगरपालिका तथा निस्दी र पूर्वखोला गाउँपालिकाले स्थापना गरेका विपद् व्यवस्थापन कोषमा सहयोग गरेका हुन्।
रामपुर नगरपालिकामा मङ्गलवार चेक हस्तान्तरण गर्दै उनले कोरोना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा समस्यामा परेका वर्गलाई राहतस्वरुप सहयोग गरिएको बताए ।
उनले राहत कोषको सदुपयोग गर्न रामपुर नगरपाालिकाका प्रमुख रमणबहादुर थापालाई अनुरोध गर्दै प्रदेश सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन स्थानीय तहसँग हातेपालो गरेर अगाडि बढेको स्पष्ट पारे। दुई गाउँपालिकामा भने रकम आज हस्तान्तरण गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया