काठमाडौं – काठमाडौंको कालिमाटीमा कार्यरत एक जना सई र एकजना सिपाहिमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरिय प्रहरी वृत्त कालिमाटी, महानगरिय ट्राफिक प्रहरी प्रभाग कालिमाटी र महिला सेल सील गरिएको छ । त्यहाँ कार्यरत २ सय बढी प्रहरी क्वारेन्टाईनमा राखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सई र जवानमा कोरोना संक्रमण पुष्टि भएको महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डिआईजीपी विश्वराज पोखरेलले लोकपथलाई जानकारी दिए ।
कालिमाटीमा कार्यरत प्रहरीमै कोरोना पुष्टि भएपछि अहिले कालिमाटी वृत्त र वृत्त मातहतका प्रहरी यूनिटका सबै प्रहरीको परीक्षण नभएसम्म र परीक्षणको रिपोर्ट नआएसम्म सील तयारी भएको छ ।
यसअघि बारा र कपिलवस्तुमा पुष्टि भएका नेपाल प्रहरीका ३ जना, बुधबार थपिएका २ जना गरी कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।
अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी गरी १२ जना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।
डिआईजीपी पोखरेल भन्छन्, “कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना संक्रमण पुष्टि भएपछि ड्युटीमा रोकेर ब्यारेकमा बस्ने, मेसमा खाने सबै प्रहरीको पिसीआर जाँच गरिनेछ । कोरोना देखिए उनीहरुको उपचार हुन्छ । परीक्षणमा पोजेटिभ देखिएकाहरुको उपचार हुन्छ । नदेखिए फेरी उच्च मनोबलका साथ फिल्डमा खटिन्छौँ । अहिले संक्रमितको सम्पर्कमा रहेकाहरुको जाँच गर्ने तयारी भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया