काठमाडौं । काठमाडौंको कालिमाटीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एक सई र जवानमा कोरोना संक्तमण पुष्टि भएको महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डिआईजीपी विश्वराज पोखरेलले लोकपथलाई जानकारी दिए ।
कालिमाटीमा कार्यरत प्रहरीमै कोरोना पुष्टि भएपछि अहिले सो वृत्तमा सिल गरेर थप अन्यको पनि परीक्षणको तयारी भएको छ ।
कालिमाटी प्रहरी वृत्त सिल
अहिले कालिमाटी प्रहरी वृत्त, महिला सेल र ट्राफिक प्रभाग सील गरिएका छ । बाँकी प्रहरीको पनि आजै पिसीआर विधीबाट कोरोना परीक्षण हुँदैछ ।
यसअघि बारा र कपिलवस्तुमा पुष्टि भएका नेपाल प्रहरीका ३ जना, बुधबार थपिएका २ जना गरी कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ ।
अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरी गरी १२ जना सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया