कोरोनाको टार्गेट बन्यो मेक्सिको : पछिल्लो २४ घण्टामा ३ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख २४ हजार ९११ जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ८६ हजार ४०६ जनालाई संक्रमण भईसकेको छ । त्यस्तै १९ लाख ५८ हजार ५२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो समय कोरोना भाइरसको टार्गेट बन्दै गएको मेक्सिकोमा आज पछिल्लो २४ घण्टामा मात्रै३३४ जनाको मृत्यु भएको छ भने २ हजार ७१३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ५ हजार ६६६ जनाको अहिलेसम्म मृत्यु भईसकेको छ भने ५४ हजार ३४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ ३७ हजार ३२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

मेक्सिकोमा मंगलवार पनि २ हजार ४१४ जना संक्रमित थपिएका थिए भने मंगलवार नै १५५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?