भारतमा एकैदिनमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख २४ हजार ९११ जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ८६ हजार ३९५ जनालाई संक्रमण भईसकेको छ ।

त्यस्तै १९ लाख ५८ हजार ४९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीबाट यो समाचार तयार पार्दासम्म ३ हजार ३०२ जनाको मृत्यु भर्ईसकेको छ भने १ लाख ६ हजार ४७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४२ हजार ३०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

भारतमा मंगलवार मात्रै ६ हजार १४७ जना संक्रमित थपिएका छन् भने मंगलवार नै भारतमा १४६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?