कोरोना अपडेट : अमेरिकामा ९३ हजार भन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमा व्याप्त छ । यो समाचार तयार पार्दासम्म् विश्वमा कोरोना भाइरसको महामारीका कारण ३ लाख २४ हजार ९१० जनाको मृत्यु भईसकेको छ भने ४९ लाख ८६ हजार ३३२ जनालाई संक्रमण भईसकेको छ ।

त्यस्तै १९ लाख ५८ हजार ४९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीबाट ग्रस्त बनेको अमेरिकामा अहिलेसम्म ९३ हजार ५३३ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ७० हजार ५८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ६१ हजार १८० जना उपचार पछि निको भएका छन् भने १७ हजार २४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २८ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ६२ हजार ६३० जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा १ लाख ५१ हजार १४ जनालाई संक्रमण भएको छ भने १० हजार ५९१ जनाको मृत्यु भईसकेको छ ।

अमेरिकामा मंगलवार मात्रै २० हजार २८९ जना संक्रमित थपिएका छन् भने मंगलवार नै १ हजार ५५२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?