कोरोना अपडेट: विश्वभर ३ लाख २२ हजार बढीको मृत्यु, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख २२ हजार ९ सय ४१ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४९ लाख ५१ हजार ७ सय २० जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म कोरोना उपचार गरी १९ लाख ३७ हजार ४ सय ९० जना मानिस घर फर्किएका छन् भने संक्रमित मध्ये ४५ हजार १ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोनाको असर देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ९२ हजार ५ सय २० जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ८ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ५८ हजार २ सय ४ पुगेको छ । त्यस्तै ३ लाख ६० हजार ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ११ लाख ५ हजार ९ सय २० जना उपचारत रहेका छन् । संक्रमित मध्ये १६ हजार ८ सय ७० जना मानिसको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
अमेरिकाको न्यूयोर्क शहरमा मात्र हालसम्म कोरोनाको कारण २८ हजार ४ सय ८० जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने त्यहाँ हालसम्म ३ लाख ६१ हजार २ सय २२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण हुने दर दिनानुदिन बढिरहेको छ । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म १ लाख ३ हजार ९ सय ३५ जना कोरोना संक्रमित भएका छन् । भने ३ हजार २ सय १६ जनाको कोरोनाको संक्रमणको कारण ज्यान गएको छ । त्यहा ४० हजार ८ सय ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ हजार ८ सय ५४ जना अहिलेपनि उपचाररत रहेका छन् । बितेको २४ घण्टामा ३ हजार ६ सय ७ जना संक्रमित देखिएका छन् भने ६० जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा बितेको २४ घण्टमा ९ हजार २ हजार ६३ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९९ हजार ९ सय ४१ पुगेको छ । यो समाचार तयार पार्दासम्म २ हजार ८ सय ३७ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ११५ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै ७६ हजार १ सय ३० जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार ७ सय ९ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म स्पेनमा २ लाख ७८ हजार १ सय ८८ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै हालसम्म कोरोना उपचारपछि १ लाख ९६ हजार ९ सय ५८ जना घर फर्किएका छन् भने संक्रमित मध्ये १ हजार १ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा यो समाचार तयार पार्दासम्म २ लाख ६१ हजार ७ सय १७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै हालसम्म कोरोनाको कारण १७ हजार ३ सय ८१ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा त्यहाँ ६ हजार ३ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् भने ५ सय २८ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म १ लाख ४ सय ५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बेलायतमा हालसम्म ३५ हजार ३ सय ४१ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म बेलायतमा २ लाख ४८ हजार ८ सय ८१ ज्ना मानिसमा कोरोना संक्रमण पुष्टि भएसकेका छन् भने संक्रमित १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

इटालीमा बितेको २४ घण्टामा मात्र ८ सय १३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म ३२ हजार १ सय ६९ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँका २ लाख २६ हजार ६ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्रै कोरोनाको कारण १ सय ६२ जनाको मृत्यु भएको इटालीमा १ लाख २९ हजार ४ सय १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पm्रान्समा बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २८ हजार २ सय ३९ जना मानिसको ज्यान गइसकेको छ भने १ लाख ७९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म ६१ हजार ७ सय २८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा १ हजार ९ सय ९८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ८१ पुगेको छ । बितेको २४ घण्टामा ४ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ७७ हजार ६ सय ९६ जना कुल संक्रमित पुगेका छन् । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३८ जनाले ज्यान गुमाएका छन् ।

टर्कीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ४ हजार १ सय ९९ जना मानिसको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १ हजार २२ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ५१ हजार ६ सय १५ पुगेको छ ।

त्यस्तै इरानमा हालसम्म ९७ हजार १ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ ७ हजार १ सय १९ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । भने १ लाख २४ हजार ६ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?