पहिलो कोरोना संक्रमित फेला पर्दा नेपालमा हुन सकेको थिएन परीक्षण

काठमाडौं- नेपालमा पहिलो कारोनाभाइरस संक्रमित फेला पर्दासम्म कोरोना चेकजाँच नेपालका लागि नौलो थियो ।

आज संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्न्को उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुराको स्मरण गर्दै अब कोरोना संक्रमतिको उपचारका लागि पूर्वाधारको विकास र सरकार नागरिकको ज्यान जोगाउने गरी क्रियाशिल रहेको बताए ।

चीनबाट फर्किएका नेपालीमा कोरानोको आशंका गरिएपछि उनको स्वाब परीक्षणका लागि हङकङ पठाइएको थियो । त्यसपछि मात्रै नेपालमा पूर्वाधार विकासको काम थालिएको थियो ।

नेपालमा कोरोना संक्रमणको ४ महिना पुग्नै लाग्दा हालसम्म ३२,६०४ जनामा कोरोना सजाँच गर्दा ४०४ जनामा पुष्टि भएको छ । यस्तै ३७ जना निको र २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?