काठमाडौं । बेलायतमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३५ हजार नाघेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पातालमा थप २ सय २७ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
इंग्ल्याण्डमा १ सय ७४, वेल्समा १६, स्कटल्याण्डमा २९ जना निधन भएको छ । विगत केहि दिन यता बेलायतमा मृत्युदरको संख्या कम हुदै गएको छ ।
राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले भने बेलायतमा कोरोनाबाट निधन हुने संख्या हाल सार्वजनिक गरी भन्दा झन्डै दश हजार भन्दा बढी भएको दाबी गर्दै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ द्वारा सार्वजनिक तथ्याँकमा कोरोना परिक्षण गरेर पोजिटिभ देखिएकाहरुको मृत्युलाई मात्र समावेस गरेको छ भने ओएनएसले कोरोनाको शंका गरिएका मृतकहरुलाई पनि समावेस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया