काठमाडौँ बनस्थलीका ३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित मिडिया ब्रिफ्रिङमा लमजुङ ठेगाना बताएको कोरोना संक्रमितसहित २७ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

ति लमजुङको भनिएका संक्रमित काठमाडौँमै बसेको खुलेको छ । बनस्थलमी बस्ने ३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का बताए । उनले भने, “संक्रमितको स्थायी ठेगाना लमजुङ भएपनि उनि अहिले काठमाडौमै छन् ।”

मन्त्रालयले विवरण सार्वजनिक गर्दा स्थायी र संक्रमितको हालको बसोबासको ठेगाना नखुलाउँदा धेरै मानिसमा त्रास सीर्जना भएको छ भने स्थानीय तहा तथा सुरक्षा निकायलाई समेत समन्वयमा काम गर्न जटिल भएको देखिन्छ । मंगलबार मात्र राष्ट्रिय सूचना आयोगले संक्रमितको अस्थायी र स्थायी दुवै ठेगाना खुलाउन मन्त्रालयलाइ निर्देशन समेत दिईएको छ ।

काठमाडौंको तारकेश्वरका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँको तारकेश्वर नगरपालिका घर भएका जनामा कोरोना संक्रमण ‘कोभिड – १९’ पुष्टि भएको छ ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा तारकेश्वर नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ पाईएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा आज दिउँसो नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

उनले काठमाडौँमा तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको भनेका मध्येका एक जना तारकेश्वरको पुरूष रहेका हुन् । उनी अस्पतालको सम्पर्कमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

उनको ‘कन्ट्याक ट्रेसिङ’ गरिने तयारी भएको छ ।

यसअघि काठमाडौंको बागबजारमा प्रिन्टीङ प्रेसमा कार्यरत एकजना र ललितपुरका एक जना चिकित्सकमा संक्रमण देखिएको थियो ।

प्रदेश नम्बर १ मा एकैदिन थपिए ११ जना संक्रमित

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

प्रदेश नम्बर १ मा आज (मंगलवार) थप ११ सहित नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार भेटिएका संक्रमितहरु कपिलवस्तुका ४ जना, सुनसरीका १, झापाका ९, सर्लाहीका २, काठमाडौंका ३, सिन्धुलीका १, रामेछापका १, लमजुङका १, मकवानपुरका १, मोरङका १,नवलपरासीका १, ललितपुरका १ र भक्तपुरका १ जना हुन् ।

कोशी अस्पताल विराटनगरको प्रयोगशाला र भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा सोमवार मात्र ८० जनामा कोरोना संक्रमण देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या  ४०२ पुगेको छ । हालसम्म २ जनाको कोरोनाको कारण ज्यान गएको छ । ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

परीक्षण कति भयो ?
गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ ।

देशभर आईसोलेसनमा कति छन् ? 

उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन् ।

क्वारेन्टाइनमा २१ हजार बढी ! 

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा रहेका छन् ।

रेड जोन पर्नेहरु बढे

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ सय १२ जना रेड जोनमा रहेका छन् । बितेको २४ घण्टामा मात्र ७ जना रेड जोनमा थपिएका छन् । रेड जोनमा पर्नेहरु सम्भावित संक्रमित हुन् र उनीहरुमा संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

कसरी गर्ने होला परीक्षण ?
अब कोरोनाको लक्षण नदेखिएपनि शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको उनले बताए ।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०(१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

सूचना आयोगले कोरोनाबारे जानकारी दिन मन्त्रालयलाई दियो यस्तो निर्देशन 

राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्पष्ट विवरण खुलाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले स्पष्ट पार्न निर्देशन दिएको छ ।

आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा अन्योलता सिर्जना गरेकाले सबै विवरण (ठेगाना) खुलाउन निर्देशन दिएको हो । हाल मन्त्रालयले कोरोना संक्रमितको अस्पष्ट ठेगाना सार्वजनिक गर्दै आएको छ ।

आयोगले मंगलबार भनेको छ, ‘कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुंदाको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइएको छ ।

तसर्थ यसरी प्रवाह भैरहेको सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा सृजना भएको अन्यौल हटाउन आवश्यक देखिन्छ’ आयोगले मन्त्रालयलाई भनेको छ ।

काठमाडौंमा सुरक्षा गार्डलाई देखियो कोरोना

काठमाडौंमा मंगलवार भेटिएका तीन मध्येका एक जना सुरक्षा गार्ड रहेको खुलेको छ ।

ती व्यक्ति क्यापिटल सेक्युरिटी कम्पनीमा काम गर्ने सेक्युरिटी गार्ड रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनको थप विवरण खुल्न सकेको छैन।

काठमाडौंमा भेटिएका कोरोना संक्रमित छापाखानाका कर्मचारी

मंगलवार उपत्यकामा एकैदिन ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३, भक्तपुरका १ र ललितपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

थपिएका ५ जनामध्ये १ जना कोरोना संक्रमित छापाखानामा काम गर्ने कर्मचारी रहेको खुल्न आएको छ ।

स्रोतका अनुसार उनी काठमाडौं महानगरपालिका २८ स्थित बागबजारको बुद्ध विहार आसपास बस्दै आएका थिए । र उनी होटल हार्दिक नजिकै रहेको छापाखानामा काम गर्ने स्रोतले बताएको छ ।

उनी केहिदिन अघि भैरहवाबाट काठमाडौं आएको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?