काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई फुटेको सिसाको टुक्रामा अनुहार हेर्न सुझाव दिएका छन ।
मंगलवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सल्लाहकर थापाले भट्टराईलाई फुटेको शिशाको टुक्रामा अनुहार हेर्न सुझाव दिएका हुन ।
भट्टराईले काँग्रेसको कृपाले चुनाव जितेको मानमर्दन भुलेको समेत आरोप लगाएका छन् । डा. भट्टराईलाई एकसिटेको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कस्तो व्यवहार गर्नुपर्ने हो भनेर प्रश्नसमेत गरेका छन् ।
“काँग्रेसको सहयोगमा गोरखामा कृपापूर्वक यिनले चुनाव जितेको जनताजनार्दनले भुलेका छन र ? अनि, यी १ सिटे अस्थिरताका गोटीसँग कस्तो व्यवहार गरिदिनुपर्ने हो प्रमले ? अझ हठ र अहंकार पो भयो रे । काँग्रेसको सहयोगमा गोरखामा कृपापूर्वक यिनले चुनाव जितेको जनताजनार्दनले भुलेका छन र ? अनि, यी १ सिटे अस्थिरताका गोटीसँग कस्तो व्यवहार गरिदिनुपर्ने हो प्रमले ?” थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया