राष्ट्रपतिसँगको ‘भिडियो ‘कन्फ्रेन्स’मा निर्वस्त्र कर्मचारी लाइभमा आएपछि…

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अहिले सारा विश्वका अधिकांश देशहरुमा लकडाउन जारी रहेको छ ।

त्यसै कारणले सरकारदेखि लिएर निजी कम्पनीसम्म मिटिङका लागि जूम एपको सहारा लिईरहेका छन् । तर यसै एप्सको कारण ब्राजिलका राष्ट्रपतिको साथमा मीटिङका बेला सरकारी अधिकारीको शर्मनाक स्थितीको सामना गर्नुपरेको छ ।

जूम एपमा ब्राजिलमा राष्ट्रपतिको मीटिङका बेला एक लाजमर्दाे स्थितीको सामना गर्नुपरेको छ । मीटिङका बेला एक सरकारी कर्मचारी आफ्नो भिडियो फीड बन्द गर्न बिर्सिए र कोठामा निर्वस्त्र भए । त्यस बेला मिटिङ चलिरहेको थियो ।

त्यस बेला निर्वस्त्र भएर उक्त सरकारी कर्मचारी ब्राजिलका राष्ट्रपति जायर बोल्सनारो सहित १० अन्य व्यक्तिसँग लकडाउनको प्रभावको विषयलाई लिएर मीटिङ चलिरहेको थियो ।

केहि सेकेण्ड पछि उद्योग विभागका प्रमुख अधिकारी पाउलो गेदेसलाई भिडियोमा वास्त्वमा के भयो भन्ने कुरा पत्ता लागेको थियो ।

उनले लाइभमा मीटिङमा भाग लिएका एक कर्मचारी शावरमा निर्वस्त्र भएर नुहाईरहेका थिए । मीटिङ पछि यस घटनाको एक तस्वीर सोसल मिडियामा भाइरल भएको छ । तर एक स्थानीय मिडियाले उक्त व्यक्तिको नाम भने लिएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?