चेतावनी दिँदै ट्रम्पले लेखे विश्व स्वास्थ्य संगठनलाई चिठी

काठमाडौं । विश्व स्वास्थ्य संगठनलाई आफ्नो पक्षमा नचाउन असफल भएपछि अमेरिकाले सो राष्ट्र संघीय निकायको आलोचना गर्दै आएको छ।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई ३० दिने अल्टिमेटम दिएका छन्।

उनले एक पत्र लेख्दै ३० दिनभित्र उल्लेख्य सुधारको काम गर्न नसकेमा अमेरिकाले डब्लूएचओलाई स्थायी रुपमा गर्दै आएको सहयोग कटौती गर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनपरस्त भएको र चीनको कोरोनासम्बन्धी वास्तविक डेटा लुकाएको आरोप लगाउँदै आएको छ।

चीनले अमेरिकालाई दनक दिने गरी डब्लूएचओलाई अर्बौं डलरको सहयोग घोषणा गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?