महालक्ष्मी विकास बैंकले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा कर्मचारीको स्वास्थ्यलाई पा्रथमिकतामा राख्दै कोरोना भाइरस(कोभिड १९) बीमाको व्यवस्था गरेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्न बैङकले आफ्ना शाखा सञ्चालन गरि सेवा दिइरहेको जनाएको छ ।

कोरोनाबाट सिर्जित प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोरोना भाइरस (कोभिड १९) बीमा गरेको छ । बैंकले कोभिड – १९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीका कोभिड १९ बीमा गरेको बैंकले जनाएको छ ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भए सम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?