सिन्धुली । सिन्धुलीमा आइतवार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो ।
दुवैजनाको शव आज खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
सुनकोशीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो । शव फेला परेपछि मुचुल्काका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका–४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया