फ्रन्ट लाइनमा काम गर्ने १ सय ९० पत्रकारहरुको नमुना संकलन

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघको पहलमा कोरोना भाइरसको जोखिमकाबीच नियमित रिपोर्टिङमा रहेका पत्रकारहरुको नमुना संकलन गरिएको हो ।

मंगलबार महासंघको कार्यालय परिसरमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

पछिल्लो समय विभिन्न जिल्लाहरुमा फ्रन्ट लाइनमा रहेर रिपोर्टिङ गर्दै आएका पत्रकारहरुमा समेत संक्रमण भएको पाइएपछि उपत्यकामा पनि पत्रकारहरुको परीक्षण गरीएको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?