नवलपरासी र मकवानपुरमा १/१ जनालाई कोरोना संक्रमण

काठमाडौं । नवलपरासी र मकवानपुरमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नवलपरासी र मकवानपुरका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज गरिएको परीक्षणका क्रममा नवलपरासी र मकवानपुरमा एक/एक गरि दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।

आज मात्रै नेपालमा थप २७ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्ते नेपालमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ । आज भेटिएका २७ कोरोना संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?