काठमाडौं । मोरङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मोरङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज गरिएको परीक्षणका क्रममा मोरङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।
आज मात्रै नेपालमा थप २७ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्ते नेपालमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ । आज भेटिएका २७ कोरोना संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया