काठमाडौं । भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारुी दिए ।
उनका अनुसार आज गरिएको परीक्षणका क्रममा भक्तपुरका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।
आज मात्रै नेपालमा थप २७ जना कोरोना संक्रमित फेला परेका छन् ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्ते नेपालमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया